काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ राजविराज नगरपालिकाका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएपछि तीन दिनदेखि भईरहेको आन्दोलन साम्य भएको छ । आर्थिक अनियमिततासँगै प्रमुख प्रशासकीय अधिकृतको सरुवा लिएर चर्किएको विवाद उग्र भएपछि मंगलबार दिनभरि राजविराज नगरपालिका तनाब ग्रस्त बनेको थियो भने निलम्बित नगर प्रमुख भिमराज यादवका समर्थकहरुले नगरपालिका कार्यालयमा प्रदर्शन…