शुक्रबार राति देशले प्रजातान्त्रिक आन्दोलनका एक अग्रज व्यक्ति गुमायो । ८२ वर्षे उमेरमा कांग्रेस नेता महेशकुमार कोर्मोचाको देहवासन भयो । १९९९ सालमा ओखलढुंगाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा बेलायती सेनाको जागीर छोडेर नेपाली कांग्रेसले आह्वान गरेको संसदीय व्यवस्था पुनस्र्थापनाको लागि सशस्त्र विद्रोहमा होमिएका थिए । वि.स.२०२६ सालमा संसदीय व्यवस्था पुनस्र्थापनाको लागि विपी कोइरालाले सशस्त्र विद्रोह आह्वान गरे…