सकरात्मक भाष्य कसरी बन्छ, प्रधानमन्त्रीज्यू

राष्ट्रियसभाका रिक्त सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक भएसँगै राजनीतिक सरगर्मी बढेको छ । अघिल्लो निर्वाचनमा पराजित भएका, समानुपातिक सूचिमा परेका, २०४८ देखि कुनै न कुनै जिम्मेवारी बहन गरेका व्यक्तिहरुको व्यवस्थापन गर्ने थलोका रुपमा उपयोग गर्न खोजिएकोतर्फ आम मानिसको गम्भीर असन्तुष्टि र आक्रोस देखिन्छ । खास खास समयमा बहन गरेको जिम्मेवारीका कारण दोहो-याउनुपर्ने तेह-याउनुपर्ने कुनै कारण छैन…