एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णालीको विजयी शुरुआत

पोखरा । आजदेखि पोखरामा शुरू भएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यशविसले विजयी शुरुआत गरेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले जित्यो । यस्तै अहिले दोस्रो खेलमा ललितपुर…