विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् । मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रबार बस्ने प्रदेशसभभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल…