सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको प्रष्ट पारेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार बिहान प्रेस चौतारी कर्णाली प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमालेका लागि गठबन्धन प्रधान विषय नभएको बताए। उनले आफूहरु पार्टीलाई जनताको बीचमा लाने अभियानमा रहेको पनि बताए ।…