काठमाडौँ । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ। तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालिएको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताएका छन्। पक्राउ पर्नेहरूमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका समेत…