ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा जेठ महिनाभरि करिब २४ लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार पछिल्लो एक महिनामा २३ लाख ९५ हजार रुपैयाँ भेटी संकलन गरिएको हो । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा चढाइएका नगद भेटीहरू समितिको कार्यालयमा नियमित रूपमा गणना गर्दै…