२००७ सालमा प्रजातन्त्रको आगमनपछि साधारण नेपाली जनताले विभिन्न आधुनिक खेलकुदका कृयाकलापहरु गर्ने अवसर प्राप्त गरेको मान्नु पर्दछ । यसरी नेपाली जनताले आधुनिक खेलकुदका कृयाकलाप गरेको करीब ६ दशक हुन लागेको मान्न सकिन्छ । यस दौरान हजारौं नेपाली युवकहरुले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुने मौका पनि पाईसकेका छन् । धेरै प्रतिभावान नेपाली खेलाडीहरुले खेलकुदको माध्यमवाट…