स्याङ्जा । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने पुतलीबजार नगरपालिका –१ का विक्रान्तकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठ जिल्ला उद्योग वाणिज्य सङ्घ स्याङ्जाको पूर्व अध्यक्षसमेत हुन् । गत शुक्रबार नगरपालिका पुगेर गालिगलौच गर्नुका साथै हातपात समेत गरेकाले श्रेष्ठलाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।…